श्रीमानद्वारा श्रीमतीको कुटपिट गरेर हत्या

२ फागुन, दैलेख । सोमबार राति दैलेखमा एक जनाले आफ्नै श्रीमतीको कुटपिट गरेर हत्या गरेका छन् ।

गुराँस गाउँपालिका वडा नम्बर –८ बस्ने कृष्ण बहादुर खड्काले आफ्नी श्रीमती पार्वती विसीको हत्या गरेका हुन् । पार्वतीको कुटपिट गरी मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

frontline

घटना स्थलमा रगत लागेको काठ भेटिएकोले उक्त काठले मृतक को टाउकोमा हानेर हत्या भएको हुनसक्ने प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिनु भयो ।

तीन महिना अगाडि मात्र उनीहरूको बिहे भएको थियो । कृष्ण बहादुर बोल्न र सुन्न नसक्ने अवस्थाका थिए भने उनकी श्रीमति पार्वती पनि सुस्तमनस्थितिकी रहेकी स्थानियबासीले बताए ।

मृतक पार्वती को गुराँस गाउँपालिका वडा नम्बर –६ मा माइती रहेको छ । मृतकका भिनाजु ले किटानी जाहेरी दिएपछि हत्याका आरोपी कृष्ण बहादुलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय दैलेख ल्याएको छ भने पार्वतीको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याइएको छ ।

कृष्ण बहादुर बोल्न र कान सुन्न नसक्ने भएका कारण अनुसन्धान गर्न केही कठिन भए पनि थप अनुसन्धान थालिएको प्रहरी नायव उपरीक्षक लम्सालले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here