न्युयोर्कको कार्यक्रमबाट अर्जुन बन्जाडे टीमलाई उत्साहजनक उर्जा

गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आसन्न निर्वाचनका एक उमेद्वार अर्जुन बन्जाडेले न्युयोर्कको कार्यक्रमबाट आफ्नो टीमलाई उत्साहजनक उर्जा मिलेको बताएका छन्।

निर्वाचनमा होमिएका अन्य उमेद्वारहरुसंगै रोड ट्रीपमा रहेका बन्जाडेको लागि सनिवार भएको न्युयोर्कको कार्यक्रम विजयको बिहानी झल्को हो भनेर धेरैले प्रतिक्रिया दिन थालेका छन्।

frontline

कार्यक्रममा जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट, एनआरएनए अमेरिकाका प्रथम निर्वाचित खगेन्द्र जी.सी., एनआरएन अमेरिकाका संस्थापक मध्येका एक डाक्टर बिनोद साह र विशेष अथिति सल्लाहाकार श्याम गुरुङले सार्बजनिक रुपमा बन्जाडेको उमेद्वारीलाई समर्थन (ईन्डोर्स) गरेका थिए।

“न्युयोर्कमा कुनै पनि उमेद्वारको अहिलेसम्म यति बिशाल कार्यक्रम भएको थिएन। राधाकृष्ण मन्दिरमा सहभागीहरु नअटाएर फर्किनु भएको थियो।” कार्यक्रमका संयोजक तथा सत्येन्द्र साहले नेप्लिज डायस्पोरासंग कुरा गर्दै भन्नुभयो।

न्युयोर्कमा कुनैपनि उमेद्वारलाई यसरि इन्डोर्स गरिएको यो पहिलो कार्यक्रम भएको सत्येन्द्र साहले बताए। स्वतन्त्र मतदाताको उपस्थिति र एनआरएनएका हस्तीहरुको समर्थनबाट डाक्टर बन्जाडेको टीम धेरै नै उत्साही भएको कोषाध्यक्षका उमेद्वार समेत रहेका सत्येन्द्र साहले बताए।

एनआरएनएमा हुने पैसा र पावरको चलखेल बिरुद्द न्यु योर्कका स्वतन्त्र मतदाताले डाक्टर बन्जाडेको टीमलाई सहयोग गर्ने निर्णय गरेको पनि कार्यक्रमका क्रममा जनआवाज सुनिएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here