भारतीय व्यक्तिद्वारा अन्धाधुन्ध गोली प्रहार

सान्केतिक तस्बिर

२५ माघ, काठमाडौं । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा भारतीय व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेका छन् । अहिले साँझ उनीहरुले गोली प्रहार गरेको भन्दै सशस्त्र प्रहरी घट्नास्थलमा पुगेको सशस्त्र प्रहरी मूख्यालय स्रोतले जनाएको छ । भारतीयहरुले प्रहार गरेको गोली लागेर केही नेपालीहरु घाईते भएको स्रोतले जनाएको छ ।

‘भारतीय नागरिकहरु घरेलु हतियार र बन्दुक सहित नेपालतिर प्रवेश गरेको सूचना आएको थियो हाम्रो सुरक्षाकर्मी त्यहाँ पुगिरहेका छन्’,सशस्त्र मूख्यालय स्रोतले भन्यो । स्रोतका अनुसार ३०–४० जनाको समूहमा आएका भारतीय नागरिकले ५–६ राउन्ड गोली फायरिङ गरेका थिए ।

frontline

स्थानीयबासीको गाइ भैसी चोरी भएको विषयमा सीमामा विवाद भएको थियो । कंकालिनी नगरपालिकास्थित गोबरगाढाबस्ती भारतीय सीमासित जोडिएको छ । सो बस्तीका गाईभैंसी चोरी गरी भारततर्फ लाने गरेको भन्दै भारतीय नागरिकलाई चोरीको आरोप लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here