नयाँ सरकार निर्माणमा चासो छैन् : नेपाल समूह

श्रोत :ईन्टरनेट

काठमाण्डु । नेकपा एमाले माधव नेपाल समूहले नयाँ सरकारबारे आफूहरको संलग्नता नहुने स्पष्ट पारेको छ ।

मंगलबार बसेको नेपाल समूहका नेताहरुको बैठकले गठबन्धनमा निर्माण हुने नयाँ सरकारबारे आफुहरुको संलग्नता नहुने निष्कर्ष निकालेको हो ।

frontline

भर्चुअल माध्यमबाट भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई २०७५ जेठ २ को अवस्थामा फर्किन बाध्य पार्ने निर्णय भएको नेता बेदुराम भुसालले जानकारी दिए ।

‘हाम्रो चासो यो वा त्यो सरकारबारे होइन । पार्टी जेठ २ को अवस्थामा फर्किने विषयमा छलफल केन्द्रीत थियो’, उनले भने ।

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई आफ्ना मागहरु पूरा गर्न बाध्य बनाउने विषयमा छलफल नभएको नेता भुसालले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here