इरानमा ५.९ म्याग्निच्युटको भूकम्प जाँदा ७ जनाको मृत्यु
१५ माघ, एजेन्सी । इरानमा शनिबार राति ५ दशमलव ९ म्याग्निच्युटको भूकम्प जाँदा ७ जनाको मृत्यु भएको छ ।
भूकम्पमा परी ४ सय बढी मानिसहरू घाइते भएका हुन् । इरानको खोय शहर केन्द्रविन्दु भएर गएको भूकम्पले अधिकांश घरहरु भत्केका छन् । रातको समयमा भूकम्प आउँदा निद्रामा रहेका सर्वसाधरण घरबाट निस्केका थिए।
भूकम्पको धक्का छिमेकी मुलुकहरुमा समेत परेको थियो । भूकम्पका कारण घर भत्केकाहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।
भूकम्पका कारण भत्केका घरहरूको भग्नावशेषमा कोही च्यापिएको हुन सक्ने आशंकामा उद्धारकार्य जारी रहेकाे छ ।
घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्