इरानमा २ दिनमा तीन सवारी दुर्घटना, ९ जनाको मृत्यु, २० जना घाइते

१४ माघ, तेहरान ।  इरानको दक्षिणपूर्वी प्रान्त केरमानमा शनिबार एक इन्टरसिटी सडकमा सवारी सवारीसाधनहरू एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। अन्य १३ जना घाइते भएको आईआरआईबी समाचार एजेन्सीले जनाएको छ।

करमान शहरबाट सिरजान शहर जाने सडकमा दुईवटा सेमी-ट्रेलर ट्रक र पाँचवटा सेडान एक आपसमा ठोक्किँदा ती दुर्घटना भएको आईआरआईबीले देशको आपतकालीन सेवाका प्रवक्ता मोजताबा खालेदीलाई उद्धृत गर्दै जनाएको छ।

frontline

शनिबार बिहान पनि उत्तरपूर्वी प्रान्त खोरासान रजावीमा सडकमा तीनवटा सवारीसाधनको ठक्करबाट तीन जनाको मृत्यु हुनाका साथै अन्य चारजना घाइते भएका छन्।

यसैगरी शुक्रबार राति उत्तरपश्चिमी प्रान्त कुर्दिस्तानमा बस र मिनीबस ठोक्किँदा भएको सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ। साथै तीन जना घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here