सुकुम्बासी बस्ती हटाउने अभियानमा सहयोग गर्न गृहमन्त्रीसँग मेयर बालेनको आग्रह

१२ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) ले गृहमन्त्री रवि लामिछानेसँग भेट गरेर सुकुम्बासी बस्ती हटाउने अभियानमा सहयोग गर्न आग्रह गरेका छन् ।

आज दिउँसो १२ बजे गृह मन्त्रालयमा एकीकृत बागमती सभ्यता विकास समिति र महानगरको टोली उपप्रधानमन्त्री लामिछानेलाई भेट्न गएका हुन् ।

frontline

मन्त्रालयका एक अधिकारी अनुसार मेयर बालेनले १२ मंसिरमा थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन जाँदा भएको घटनाको विवरण गृहमन्त्रीसहित सुरक्षा निकायका उच्च अधिकारीलाई सुनाएका थिए ।

उनले सुकुम्बासी बस्ती हटाउनुपर्ने कारण, अवस्थाबारे ब्रिफ्रिङ गरेका थिए । बालेनले केही समन्वयको अभाव भएपनि प्रहरी र प्रशासनले असयोग गरेको भन्दै टिप्पणी गरेको छलफलमा सहभागी एकले बताए ।

बालेनसहित एकीकृत बागमती सभ्यता विकास समितिले पनि सुकुम्बासी बस्तीको विषयमा गृह मन्त्रालयमा आफ्नो धारणा राखेका थिए ।

छलफलपछि गृहमन्त्री लामिछानेले सुकुम्बासी बस्तीको विषयमा कानुनअनुसार हटाउनुपर्ने भए गृहले सहयोग गर्ने बताएका थिए ।

तर, यसरी हटाउँदा त्यसपछि हुनसक्ने परिस्थितिको आंकलन गरेर मात्रै कदम चाल्नुपर्ने उनले धारणा राखेका थिए ।

बस्तीको विषयमा एकिन विवरण ल्याएर मात्रै थप निर्णयतर्फ जानुपर्ने लामिछानेको धारणा थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here