बीपी प्रतिष्ठानका उपकुलपति डा. गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
९ माघ, काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
गिरीले प्रतिष्ठानभित्र पदीय मर्यादाविपरीत कार्य गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
डा. गिरीलाई नपाएको ओहोदा पाएको भनि प्रोफेसर पद प्रयोग गरेको र सो कसुरबापत ऐनअनुसारको सजायको माग गर्दै मुद्दा दायर गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्