चीनमा एक सातामा कोरोना सङ्क्रमणका कारण १३ हजारको मृत्यु

८ माघ, बेइजिङ । चीनमा गत जनवरी १३ देखि १९ को बीचमा लगभग १३ हजार जनाको कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु भएको छ। गत जनवरी १२ सम्म अस्पतालमा कोभिडको कारण ६० हजार मानिसको मृत्यु भइसकेको थियो।

अस्पतालमा भर्ना भएका छ सय ८१ बिरामीको कोरोना भाइरस सङ्क्रमणका कारण श्वासप्रश्वासको समस्याबाट मृत्यु भएको र ११ हजार नौ सय ७७ जनाको सङ्क्रमणसँगै अन्य रोगका कारण मृत्यु भएका चीनको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन ( सिडिसि) ले शनिबार जारी एक विज्ञप्तिमा जनाएको छ।

frontline

गत डिसेम्बरमा चीनले शून्य–कोभिड नीति त्यागेपछि यस रोगबाट ६० हजार भन्दा बढी मानिसहरूको मृत्यु भएको सिडिसिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here