क्यालिफोर्नियामा चिनियाँ नयाँ वर्ष मनाइरहेकामाथि गोली प्रहार, १० जनाको मृत्यु

८ माघ, एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा आइतवार भीडमाझ अन्धाधुन्दा गोली चलाउँदा कम्तीमा १० जनाले ज्यान गुमाएका छन्। समाचारअनुसार चिनियाँ नयाँ वर्षको उत्सव मनाइरहेका बेला यो घटना भएको हो।

मिडिया रिपोर्टका अनुसार यो घटना क्यालिफोर्नियाको मोन्टेरी पार्कमा भएको हो। शनिबार राति भएको घटनापछि सो क्षेत्रमा त्रासको वातावरण रहेको छ।

frontline

जानकारी अनुसार गोलीबारी स्थानीय समय अनुसार राति १० बजे भएको थियो। यहाँ मोन्टेरी पार्कमा चिनियाँ नयाँ वर्ष मनाइँदै थियो। सो क्रममा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाएका थिए।

तर पुलिसले यसबारेमाा विस्तृत केही खुलाइसकेको छैन। केही सामाजिक सञ्जालमा यो मामिला रंगभेदबाट सुरु भएको हत्यासम्म पुगेको हो। यहाँ स्थानीयबासी र एसियालीमूलका समुदायबीच विवादपछि सामूहिक नरसंहारसम्म पुगेको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here