न्वारनको भोज खान गएका दुई युवकको अपहरण गरी हत्या

८ माघ, जनकपुरधाम । जनकपुरधामका दुई युवकको अपहरण गरी सीमावर्ती क्षेत्र भारतमा हत्या गरिएको छ।

करिब दुई साताअघि न्वारनको भोज खान गएका युवकको आइतबार भारतको सीतामढी जिल्लाको परिहारमा शव फेला परेको प्रहरीले जनाएकाे छ।

frontline

जनकपुरधाम उपमहानगरपालिका ८ का करिब २१ वर्षीय रोहित साह र वडा नं. १३ का अन्दाजी २२ वर्षीय विष्णु साहको शव फेला परेको हाे।

भारतमा शव फेला परेपछि भारतीय प्रहरी र नेपाल प्रहरीको समन्वयमा परिवारजनले शवको सनाखत गरेका छन्।

विष्णुलाई लिएर रोहित भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफन्तको घर गएपछि विष्णुका परिवारलाई फिरौतीको मागसहित भारतीय नम्वरबाट फोन आइरहेको थियो।

सुरुमा ५० लाख मागे पनि पछि २० लाख रुपैयाँ लिने सहमति भएको परिवारजनले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here