पूर्वी नवलपरासीमा दुई गैँडा मरेको अवस्थामा फेला

फाइल तस्बिर

६ माघ, नवलपुर । पूर्वी नवलपरासीमा दुई वटा गैँडालाई सिकारीले मारेको अवस्थामा फेला परेको छ । शुक्रबार दिउँसो साढे १२ बजेतिर उक्त दुई वटा गैँडा मृत अवस्थामा फेला परेपछि नेपाल प्रहरी, चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेनाको टोली घटना स्थलमा परिचालन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए ।

तिवारीका अनुसार एउटा माउ गैँडा र एउटा भाले बच्चा गैँडा मृत अवस्थामा फेला परेको हो । दुवै गँैडालाई करेन्ट लगाएर मारिएकोजस्तो देखिएको, गैँडा मृत फेला परेको नजिकै विद्युतीय तारसमेत भेटिएको तिवारीले बताए ।

frontline

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका २ सीतापुर सेहेरी नजिकै नारायणी नदीको भंगालोमा दुई वटा गैँडा मृत फेला परेको हो । माउ गैँडाको सिंङ्ग कोटेर लगेको र बच्चाको भने सुरक्षित रहेको तिवारीले बताए ।

नारायणी नदी वारी घाँसमा चर्न आएको समय पारेर शुक्रबार बिहान सिकारीले गैँडा मारेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक तिवारीले बताए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here