राष्ट्रपति पद मेरा लागि होइन : डा. रुइत

फाइल तस्बिर

४ माघ, काठमाडौं । वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतले राष्ट्रपतिको विश्वसनियता लोकतन्त्रमा महत्वपूर्ण रहेको बताएका छन् । १३ करोड रुपैयाँको प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेर बहराइनबाट स्वदेश फर्किएपछि डा. रुइतले बुधबार राष्ट्रपति बनेर नीति निर्माण गर्ने पदमा जानुहुन्छ कि भन्ने प्रश्नको जवाफमा आफूले धेरै काम गर्न बाँकी रहेको बताएका हुन् । 

नेपालमा राष्ट्रपति पद आलंकारिक भए पनि त्यसको मानसम्मान राख्नुपर्ने उनले बताए । ‘लोकतन्त्रमा राष्ट्रपतिको विश्वसनियता असाध्यै बढी छ, रबरस्ट्याम्प भए पनि । भारतको राष्ट्रपतिलाई हेर्नुहोस् कस्तो सम्मान छ । हामी सबै मिलेर राष्ट्रपतिको त्यो विश्वसनियता र सम्मान कायम गर्नुपर्छ । त्यसमा कमी छ,’ उनले भने ।

frontline

राष्ट्रपति पद आफ्नो लागि नभएको डा. रुइतको भनाइ थियो । उनले आफूले स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने काम धेरै रहेको बताए । ‘यो पद मेरो लागि होइन । मैले आफ्नो सीमा र स्थान बुझेको छु । यही कारणले नै यहाँसम्म आएको हो । मैले दायाँबायाँ गर्ने होइन । सक्नेभन्दा अरु काम गर्दैन, जान्दैन पनि । मैले योभन्दा गर्नुपर्ने काम धेरै छ,’ उनले भने ।

आफूले पाएको अवार्ड ठूलो र सम्मानित भएको बताउँदै डा. रुइतले राज्यले पनि त्यसको महत्व बुझ्नुपर्ने बताए । उनले जनता खुसी भएको अवस्थामा राज्यले पनि सोही अनुसारको दायित्व पूरा गर्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here