इराकमा २५ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि

२४ पुस, इराक । इराकको योजना मन्त्रालयले सन् २०२२ मा देशमा गरिबी दर २५ प्रतिशत रहेको जनाएको छ ।

‘सन् २०२० र २०२१ मा कोरोनाभाइरस महामारीको असर र तेलको मूल्यमा आएको गिरावटका कारण उत्पन्न आर्थिक संकटलगायत विभिन्न कारणले उच्च गरिबी दर देखिएकोे छ,’ मन्त्रालयका प्रवक्ता अब्दुल जहारा अल हिन्दवीले इराकी समाचार संस्थासँग भने । 

frontline

उनले भने, ‘सरकारले सामाजिक हेरचाहले समेटेकाहरूको तलब बढाउने र आधारभूत खाद्य पदार्थ प्रदान गर्ने, राशन कार्ड प्रणालीमा सुधार गर्ने र गरिबहरूलाई सहयोग गर्न अन्य धेरै उपायहरू अपनाएको छ ।’

सन् २०१७ को अन्त्यतिर इस्लामिक स्टेट समूहको पराजयपछि इराकको समग्र सुरक्षा स्थितिमा तुलनात्मक रूपमा सुधार आएको छ ।

तर राजनीतिक र सुरक्षा समस्या, आर्थिक अस्थिरता, उच्च बेरोजगारीका कारण उत्पन्न सामाजिक अशान्ति, खस्कँदो सार्वजनिक सेवा र निरन्तर निम्न जीवनस्तरलगायत महत्वपूर्ण चुनौतीहरू बाँकी नै छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here