मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

२४ पुस, महोत्तरी ।  महोत्तरीको सम्सीमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। 

आज दिउँसो सम्सी गाउँपालिका-४ भेटपुरमा वी आर ३० जेड २२१ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकले ठक्कर दिँदा सोही स्थानको रामजीवन महराकी ९ वर्षीया छोरी आकृति कुमारी महराको मृत्यु भएको हो। 

frontline

ठक्करबाट गम्भीर घाइते भएकी आकृतिको जानकी एकेडेमिक पर्सामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

मोटरसाइकल चालक १८ वर्षीय राज यादवलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here