सडकमा छोडिएका निर्माण सामाग्री उठाउन ब्यस्त नगर प्रहरी

श्रोत :ईन्टरनेट

‘‘ सडक, खानेपानी, ढल निकास, विद्युत र इन्टरनेट जन्य सार्वजनिक तथा निजी कम्पनीले जथाभावी निर्माण सामग्री राखेर सहर कुरुप भएको छ,”

काठमाडौं । आज नगर प्रहरीले धोबीखोला सेतोपुलदेखि चाबहिल चक्रपथसम्म करिडोर सडकमा छोडिएका निर्माणजन्य फोहोर उठाएको छ ।

frontline

निषेधाज्ञापछि नगर प्रहरी मुल सडक क्षेत्रका निर्माण कार्यबाट छोडिएका सामाग्री उठाउन बेस्त छ । यस क्रममा जनशक्ति, सवारी र उपकरणको प्रयोग गरेर कुचोले बढार्न र उठाउन नसकिने सबै खालका फोहोर र सामाग्री उठाउने गरिएको छ ।

‘सडकमा टुटे फुटेका पाइप, सडक र सडकपेटी बनाउँदा बाँकी रहेका रोडा, इटा, ढुङ्गा, सिमेन्ट, सवारी दुर्घटनापछि टुटे फुटेका सडक वा बारका टुक्रा, विजुलीका तारलगायत सामान पाइन्छन्,” नगर प्रहरी महाशाखा प्रमुखले भने, ‘‘विकासको जिम्मेवारी पाएका निकायहरु सहरी सुन्दरतामा जिम्मेवार देखिएनन् । बैशाख १६ गतेदेखि अहिलेसम्ममा हामीले ३० ट्रक सामाग्री सडकबाट उठाइसकेका छौँ । यो क्रम जारी रहन्छ ।”

विकास साझेदारले निर्माणपछिको व्यवस्थापनमा जिम्मेवार नहुँदा महानगरलाई दोष आउने गरेको छ । ‘‘सडक, खानेपानी, ढल निकास, विद्युत र इन्टरनेट जन्य सार्वजनिक तथा निजी कम्पनीले जथाभावी निर्माण सामग्री राखेर सहर कुरुप भएको छ,”

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

विश्व परिवेश

poster-here