बिजुलीको प्रसारण लाइनको तारबाट करेन्ट लाग्दा युवकको मृत्यु

२१ पुस, कास्की । पोखरामा बिजुलीको प्रसारण लाइन (हाइटेन्सन) को तारबाट करेन्ट लाग्दा एक युवकको ज्यान गएको छ । 

पोखरा महानगरपालिका वडा नम्बर १६ माथिल्लो दिप बस्ने १९ वर्षीय श्रम गुरुङको आफ्नै दुई तले घरको छतमा गएको बेला प्रसारण लाइनबाट करेन्ट लागेको थियो ।

frontline

आज बिहीवार बिहान करेन्ट लागेर घाइते भएका गुरुङको मणिपाल अस्पतालमा उपचारका क्रममा ज्यान गएकाे गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीले जानकारी दिनुभयाे । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here