भारतीय महिलाको शव धनुषा –१ स्थित खेतमा फेला

२० पुस, जनकपुरधाम। धनुषामा एक भारतीय महिलाको शव भेटिएको छ ।

जनकनन्दिनी गाउँपालिका वडा नम्बर–१ स्थित स्थानीय मनोज यादवको खेतमा एक भारतीय नागरिकको शव फेला भेटिएको धनुषा प्रहरीले जनाएको छ ।

frontline

करिब ५५ वर्षीया महिलाको सनाखत हुन सकेको छैन । मृतक महिलाको झोलामा कागजको टुक्रामा भारतीय नम्बर फेला परेको छ ।

सो नम्बरमा फोन गर्दा भारतको मुज्जफरपुर बस्ने महिला रहेको बुझिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी दीपक रायले जानकारी दिए ।

उक्त घटना विषयमा थप अनुसन्धान गरिरहेको डिएसपी रायले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here