मन्त्रिमण्डल विस्तार गरेर मितव्ययी सरकार बनाउन राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको सुझाव

१९ पुस, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सानो मन्त्रिमण्डल विस्तार गरेर मितव्ययी  सरकार बनाउन सरकारसँग आग्रह गरेका छन्।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै  उनले पार्टी धेरै भए भन्दैमा मन्त्रालयको संख्या नै बढाउने काम गर्नु नहुनेमा जोड दिए।

frontline

उनले गठबन्धनमा सहभागी सबै पार्टीले मिलेर आवश्यक मन्त्रालय मात्रै बनाई जनताका समस्या समाधान गर्ने दिशामा लाग्न अपरिहार्य भएको बताए। सरकारले २० जनासम्मको मन्त्रिमण्डल विस्तार गर्न आवश्यक रहेको बताए। 

उनले ठूलो मन्त्रिमण्डल बनाउँदा राज्यको खर्च बढी हुने र विकास निर्माणका कामले पनि गति लिन नसक्ने बताए। 

उनले देशको अर्थतन्त्र नाजुक अवस्थामा रहको भन्दै अर्थतन्त्रको सुधारका लागि सबै किसिमबाट मितव्ययी बन्नुपर्ने बताए। 

अध्यक्ष तिमिल्सिनाले वर्षौैंदेखिका ठेक्का लागेका योजना अलपत्र रहेका भन्दै सरकारले त्यसमा चासो दिनुपर्ने बताए। 

उनले जनमुखी काम गर्नका लागि कानूनी समस्या भए संसदमा ल्याएर त्यसको निचोड दिनुपर्ने बताए। 

उनले विकास निर्माणको काम कानूनी झन्झटका कारण सुचारू हुन नसकेका भए आवश्यक कानून बनाउनुपर्नेमा जोड दिए।

उनले सरकारी सेवा प्रवाहमा जनतालाई ढिलासुस्ती गर्ने काम हुन/नहुने पनि बताए।  

उनले भ्रष्टाचार नियन्त्रण गरी जनचाहनाअनुसारका काम कारबाहीलाई अघि बढाउने कुरामा सांसदहरूले सोच्नुपर्ने बताए। 

उनले विकास निर्माणको काममा २४ घण्टा नै काम गरेर आयोजना सक्नेगरी लाग्नुपर्ने बताए।

अध्यक्ष तिमिल्सिनाले प्रदेशमा पनि मन्त्रालयको संख्या बढाउँदा आलोचना खेप्नु परिरहेको भन्दै कम मन्त्रालय बनाउन सुझाव दिए। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here