राहदानी विभागको सिस्टममा खराबी आउँदा आवेदकको स्टाटस हेर्ने र वितरण कार्य स्थगित
१९ पुस, काठमाडौं । राहदानी विभागको सिस्टममा खराबी आउँदा आवेदकको स्टाटस हेर्ने र वितरण कार्य स्थगित भएको छ।
विभागका प्रवक्ता दुरपदा सापकोटाले विज्ञप्ति जारी गर्दै अर्को सूचना नआएसम्म दुवै सेवा स्थगित गरिएको जनाएका छन्।
‘पुस १७ गतेदेखि राहदानी विभागको सिस्टममा समस्या आई राहदानी आवेदनको स्टाटस हेर्ने तथा राहदानी वितरण कार्य अवरुद्ध हुन गएको छ।
विभागले सो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्णरूपमा सुचारू हुन केही समय लाग्ने व्यहोरा सबैमा अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आजको मितिदेखि अर्को सूचना जारी नहुँदासम्मको लागि माथि उल्लेखित सेवा लिनको लागि विभागमा उपस्थित नभइदिनु हुन सादर अनुरोध छ।’
नियमितरूपमा राहदानी आवेदनका लागि समय लिएका सेवाग्राहीहरू सोही मितिमा बायोमेट्रिकको लागि विभागमा उपस्थित हुन विभागले अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस्