अमेरिकामा इन्धन पाइपलाइनमा साइबर आक्रमण, सरकारद्धारा आपत्कालको घोषणा

फ्रन्टलाइन विश्व । अमेरिकाले देशको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा भएको साइबर आक्रमण भएपछि आइतवार त्यहाँको सरकारले आपत्काल घोषणा गरेको छ । कोरोना महामारीका कारण पाइपलाइनका धेरैजसो इन्जिनियर घरबाट कम्प्युटरमार्फत काम गरिरहेको अवस्थामा आक्रमण भएको बताइएको छ ।

कोलोनियल पाइपलाइनबाट प्रतिदिन २५ लाख ब्यारेल इन्धन आपूर्ति गर्ने गर्छ । अमेरिकाको इस्ट कोटको राज्यमा डिजल, ग्यासोलिन र जेट इन्धनको ४५ प्रतिशत आपूर्ति यही पाइपलाइनबाट हुने गर्छ ।

frontline

साइबर आक्रमणकारीहरुको एक समूहले शुक्रवार यस पाइपलाइनमा आक्रमण गरेको थियो र अहिलेसम्म यसको मर्मतको काम चलिरहेको छ ।

आपत्काल घोषणा गरिएपछि अब यहाँबाट इन्धनको आपूर्ति पाइपलाइनको साटो सडक मार्गबाट हुन सक्छ । यस कारण इन्धनको मूल्य दुईदेखि तीन प्रतिशत बढ्ने जानकारहरुले बताएका छन् । यसलाई चाँडै नै समाधान नगरे यसको असर अझ व्यापक हुन सक्ने उनीहरुले बताएका छन् ।

विभिन्न सूत्रले यस ¥यान्समवेअर आक्रमण डार्कसाइड नामक साइबर आपराधिक समूहले गराएको पुष्टि गरेका छन् । यो समूहले बिहीवार कोलोनियलको नेटवर्कमा छिरेर झन्डै एक सय जीबी डाटा आफ्नो नियन्त्रणमा लिएका थिए ।

त्यसपछि त्यो समूहले ती डाटा केही कम्प्युटर तथा सर्भरमा राखेर शुक्रवार फिरौतीको माग गरेका थिए । साथै तिनले फिरौती वा ¥यान्सम नतिरिए सबै डाटा इन्टरनेटमा सार्वजनिक गर्ने धम्की दिएका छन् । कम्पनीले भने आफ्नो सेवा सुरु गर्न प्रहरी, साइबर सुरक्षा विशेषज्ञ र ऊर्जा विभागको सम्पर्कमा रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here