फिलिपिन्समा कोरोनाबाट शनिबार मात्र २६ जनाको मृत्यु

१७ पुस, मनिला । फिलिपिन्समा कोभिड–१९ बाट शनिबार मात्र २६ जनाको ज्यान गएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

दक्षिणपूर्व एसियाली देश फिलिपिन्समा कोभिडबाट एकै दिन अर्थात् शनिबार मात्र २६ जनाको ज्यान गएको यहाँको स्वास्थ्य विभागले जानकारी दिएको हो ।

frontline

विभागकाअनुसार शनिबार यहाँ कोभिडबाट ५९१ जना संक्रमित भएको पनि बताइएको छ । यो समेत गरी यहाँ कोभिड महामारी सुरु भएदेखि अहिलेसम्ममा ४० लाखभन्दा बढी नागरिक संक्रमित भएको बताइएको छ ।

यहाँ अहिले सक्रिय संक्रमित १३ हजार मात्र भएपनि पछिल्लो समयमा कोभिडबाट हुने संक्रमितको संख्या बढ्दै गएको देखिएको अधिकारीहरुले जनाएका छन् ।

प्राप्त समाचारअनुसार यहाँ कोभिडका कारण ६५ हजार जनाभन्दा बढीको ज्यान गएको छ । रासस/सिन्हा

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here