वृद्धाश्रममा आगलागी, दुई वृद्धाको मृत्यु

सान्केतिक तस्बिर

१७ पुस, एजेन्सी । दक्षिण दिल्लीको ग्रेटर कैलाश इलाकामा आइतबार एक वृद्धाश्रममा आगलागी भएको छ जसमा दुई वरिष्ठ नागरिकको मृत्यु भएको छ ।

ग्रेटर कैलाश–२ स्थित अन्तरा अस्पताल र वृद्धाश्रमको तेस्रो तलामा आगलागी भएलगत्तै पाँच दमकल घटनास्थलमा पुगेको दमकल विभागले जनाएको छ । यस घटनामा १३ जनाको उद्धार गरिएको छ ।

frontline

समाचार एजेन्सी एएनआईका अनुसार दक्षिण दिल्लीका डीसीपी चन्दन शर्माले यो वृद्धाश्रमले नो अब्जेक्सन सर्टिफिकेट पाएको थियो वा थिएन, यसको अनुसन्धान भइरहेको र आगलागीको कारण भने खुल्न नसकेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here