प्रधानमन्त्रीद्वारा पाण्डेको निधनप्रति दुख व्यक्त, शव नेपाल ल्याउन सहजीकरण गर्न निर्देशन
१६ पुस, काठमाडौं । कम्बोडियाको एक होटेलको क्यासिनोमा भएको आगलागीमा परेर झापा विर्तामोड नगरपालिका १ का निराकर पाण्डेसहित १९ जनाको निधन भएको घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुख व्यक्त गरेका छन् ।
उनले निधन भएका पाण्डेको परिवारप्रति समवेदना प्रकट गरेका छन् । प्रधानमन्त्री प्रचण्डले मुख्य सचिव शंकरदास बैरागीलाई उनको शव नेपाल ल्याउन तत्काल सहजीकरण गर्न निर्देशन दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्