वडाध्यक्षको निधनको शोकमा २८ गते शंखरापुर नगरपालिका बन्द हुने
फ्रन्टलाइन पालिका । काठमाडौंको शंखरापुर नगरपालिका वैशाख २८ गते मंगलबार बन्द हुने भएको छ ।
शंखरापुर वडा नं ४ का वडाध्यक्ष बुद्धिबहादुर तामाङको शनिबार साँझ नेपाल मेडिकल कलेज अत्तरखेलमा कोरोना सङ्क्रमणका कारण ४४ वर्षका उमेरमा निधन भएसँगै आइतबार बसेको नगरपालिकाको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गर्दै मंगलबार नगरपालिका र वडा कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।
शंखरापुर नगरपालिकाका नगरप्रमुख सुवर्ण श्रेष्ठले मंगलबार एक दिन स्वास्थ्य संस्थाबाहेक नगरपालिकाका सम्पूर्ण कामकाज बन्द गरिने जानकारी दिनुभयो । बैठकले वडाध्यक्षको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।
प्रतिक्रिया दिनुहोस्