इटहरीको जनता मावि सुनसरीकै उत्कृष्ट विद्यालय

१६ पुस, धरान । शैक्षिक सुधारमा आमुल परिर्वतन गरेको इटहरीको जनता माध्यामिक विद्यालय सुनसरीकै उत्कृष्ट विद्यालयमा छनौट भएको छ। प्रदेश १ को सामाजिक विकास मन्त्रालयले शैक्षिक सुधार गरी पढाइमा राम्रो नतिजा ल्याउन सफल भएको भन्दै उत्कृष्ठ विद्यालय छनौट गरेको हो। 

जिल्लाकै उत्कृष्ट विद्यालय घोषित भएको जनता माविले नगद १४ लाख ५० हजार पुरस्कार प्राप्त गर्ने प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले बताए। उनले मन्त्रालयले २०७९/८० का लागि प्रत्यक जिल्लाबाट एक एकवटा उत्कृष्ट व्यवस्थापन भएका सामुदायिक विद्यालयलाई प्रोत्साहन गर्ने कार्यक्रम अनुसार सुनसरीको जनता मा वि जिल्लाकै उत्कृष्ट विद्यालय बनेको बताएका छन्। जिल्लाकै उत्कृष्ट विद्यालयमा छनौटमा परेको जनता माविलाई पुरस्कार रकमका लागि मन्त्रालयमा प्रस्ताप पेस गर्न पत्राचार गरिसकिएको मन्त्री राईले बताए। 

frontline

अंग्रेजी र नेपाली दुबै माध्यमबाट पठनपाठन हुँदै आएको जनता माविमा २ हजार ९ सय १३ जना विद्यार्थी अध्ययनरत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालले बताए। उनले भवन अभावका कारण विद्यालयमा अध्ययन गर्न आउने सबै विद्यार्थीलाई भर्ना गर्न नसकिएको गुनासो गरे। यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको संख्या ह्वात्तै बढेपछी विद्यालयले प्रवेश परीक्षा लिएर मात्र विद्यार्थी भर्ना गर्न थालेको प्रध्यानाध्यापक पशुपती सिंदेलले बताएका छन्। 

जनता माध्यामिक विद्यालयमा सरकारी सेवा सुविधा लिने ३२ जना मात्र शिक्षक छन्। तर विद्यालयले आफ्नो श्रोत जुटाएर थप ८४ जना शिक्षक कर्मचारीलाई सेवा सुविधा उपलब्ध गराइ विद्यालयको शैक्षिक सुधार गरिएको अध्यक्ष दंगालले बताए। उनले विद्यालयमा विद्यार्थीको संख्या बढेसँगै ७ वटासम्म सेक्सन बनाएर पठन पाठनलाई प्रभावकारी बनाइएको बताए। 

२०१३ सालमा सुनसरीको दोस्रो विद्यालयको रुपमा स्वीकृति पाएको जनाता मावि यस अगाडि कमजोर व्यवस्थापन समिति र शिक्षकहरुको बेवास्थाका कारण पठन पाठनमा कमजोर बनेको थियो। विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन र योग्य शिक्षकहरुको प्रवेशले विद्यालको भौतिक पूर्वाधार र गुणस्थरीय शिक्षामा फड्को मार्न सफल बनेको अध्यक्ष दंगालले बताए। 

उनले विद्यालको प्रगतिमा व्यवस्थापन समितिका सदस्य, शिक्षक, कर्मचारी र स्थानीय राजनैतिक दलहरुका प्रतिनिधिको सहयोगका कारण विद्यालयले शिक्षा र भौतिक पूर्वाधारमा आमुल परिवर्तन गर्न सफल भएको बताए। उनले स्थानीय, प्रदेश र केन्द्र सरकारले भौतिक पूर्वाधार निर्माण र शिक्षक दरबन्दी थप गरिदिए जनता माविलाई देशकै नम्बर १ विद्यालय बनाउन सक्ने बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here