प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

फाइल तस्बिर

१५ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सरकारको साझा न्यूनतम कार्यक्रम, मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल भएको बालुवाटार स्रोतले बतायो ।

frontline

हिजोमात्र बसेको सत्ता गठबन्धनको बैठकले एमाले अध्यक्ष ओलीको संयोजकत्वमा उच्चस्तरीय संयन्त्र गठन गरेको थियो । 

सोही बैठकले पाँच दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रम तयार पार्ने निर्णयसमेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here