उज्वेकिस्तानमा खोकीको औषधीबाट १८ बालबालिकाको मृत्यु

१४ पुस, काठमाडौं । उज्वेकिस्तानमा भारतमा उत्पादित खोकीको औषधीबाट १८ जना बालबालिकाको मृत्यु भएको आरोप लगाएको छ ।

भारतीय कम्पनी म्यारिअन बायोटेकले बनाएको खोकीको झोल औषधी खाएका २१ जना मध्ये १८ जना बालबालिकाको मृत्यु भएको उज्वेकिस्तानको स्वास्थ्य मन्त्रालयले दाबी गरेको हो ।

frontline

स्वास प्रश्वासको समस्या भएका बालबालिकाहरुलाई म्यारिअन बायोटेक कम्पनीको डक वान म्याक्स नामको झोल औषधी ख्वाइएको र त्यसबाट उनीहरुको मृत्यु भएको बताएको हो ।

अस्पताल भर्ना हुनु अघि ती बालबालिकाहरुलाई घरमै दिनको तीन चार पटक दुई देखि सात दिनसम्म उक्त औषधी ख्वाएको पाइएको पनि त्यहाँको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

उज्वेकिस्तानले गम्भीर आरोप लगाएपछि भारतको स्वास्थ्य मन्त्रालयमा उक्त औषधी कम्पनीमाथि छानबिनका लागि दबाव बढेको छ । तर, अहिलेसम्म भारतको स्वास्थ्य मन्त्रालयले कुनै कदम भने उठाएको छैन ।

उक्त औषधीमा इथाइलन ग्लीकोल नामक टक्सिन मिसाइएको हुने र त्यसको अत्यधिक प्रयोगले बिरामीको अवस्था बिगार्न सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

मृतक बालबालिकाका अभिभावकहरुले डाक्टरको सल्लाह बिना औषधी ख्वाउँदा समस्या भएको हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

विश्व परिवेश

poster-here