गृहमन्त्री रवि लामिछाने राहदानी विभागको अनुगमनमा

१३ पुस, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राहदानी विभागको अनुगमन गरेका छन् ।

उनी बुधबार अपरान्ह त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमनमा पुगेका हुन् । राहदानी बनाउने सेवाग्राही रातिदेखि नै लाइनमा लाग्नुपर्ने बाध्यता रहेको भन्दै सरकारको आलोचना भइरहेका बेला उपप्रधानमन्त्री लामिछाने विभागको अनुगमनमा गएका हुन् ।

frontline

उनी सञ्चारकर्मी हुँदासमेत राहदानी बनाउने कार्यमा सेवाग्राहीले पाएको सास्तीबारे पटक पटक आवाज उठाउँदै आएका थिए । -न्युज कारखाना

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here