चालू वर्षाको मौसममा चट्याङ लागेर संरचना भत्किँदा मलावीमा ४२ जनाको मृत्यु

९ पुस, मलावी । चालू वर्षाको मौसममा चट्याङ लागेर संरचना भत्किँदा मलावीमा ४२ जनाको मृत्यु भएको छ । शुक्रबार सार्वजनिक गरिएको विवरण अनुसार यस साता मात्र चट्याङ लागेर २८ जनाको ज्यान गएको छ । यो सँगै चट्याङ्बाट मृत्यु हुनेको  कुल सङ्ख्या ४२ पुगेको छ ।  

त्यसैगरी आँधीबेहरी  तीव्र हावाका कारण पर्खाल भत्किँदा १४ जनाको मृत्यु भएको  विपद् व्यवस्थापन मामिला विभागका आयुक्त चार्ल्स कालेले बताएका छन् । हालसम्म ८५ जना घाइते भएका छन् भने केही सडक, विद्यालय र अस्पतालमा पनि क्षति पुगेको बताइएको छ ।

frontline

देशका २९ जिल्लामध्ये २४ जिल्लामा अविरल वर्षा, बाढी, हावाहुरी, असिना र चट्याङका कारण करिब ४२ हजार जनता प्रभावित भएको आयुक्तले बताए । मलावीको वर्षा मौसम सामान्यतया अक्टोबरमा सुरु भइ अप्रिलसम्म रहन्छ।

बुधबार मौसम परिवर्तन र मेट्रोलोजिकल सेवा विभागले दक्षिणी मलावीमा आउँदा दिनहरूमा बाढी आउन सक्ने ठूलो भारी वर्षाको चेतावनी जारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here