झुटो विवरण पेस गरी नागरिकता र राहदानी, दुरुपयोगको आरोपमा एकजना पक्राउ

९ पुस, काठमाडौं । झुटो विवरण पेस गरी नागरिकता र राहदानी प्रमाणपत्र लिई दुरुपयोग गरेको आरोपमा एकजना पक्राउ परेका छन् । सर्लाहीको साविक त्रिभुवननगर गाविस–१ ठेगाना भएका ३९ वर्षीय मोहमद नुर आलमलाई गएको बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको टोलीले उनलाई काठमाडौं महानगरपालिका–१४, कलंकी, खसीबजारबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

frontline

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उनी सन् २०१२ मा म्यानमारबाट बंगलादेश हुँदै नेपाल आएको खुलेको छ । त्यसपछि सर्लाहीको साविक त्रिभुवननगर गाविस–१ मा बसी मदरसामा पढाउने गर्थे ।

आलमले झुटो विवरण पेस गरी नेपाली नगरिकता लिएको र सोही नागरिकताको आधारमा राहदानी विभाग काठमाडौंबाट राहदानी समेत प्राप्त गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

उनलाई लिखतसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here