चार्ल्स शोभराजलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाइ आज साँझ फ्रान्स पठाउने तयारी

८ पुस, काठमाडौं । गृहमन्त्रालयले हत्या आरोपमा करिब दुई दशकदेखि केन्द्रीय कारागारमा रहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई निष्कासन गरेको छ।

गृहमन्त्रालयले उनलाई आज साँझ फ्रान्स पठाउने तयारी गरेको हो। नेपाल प्रवेशमा प्रतिबन्ध लगाइ गृहमन्त्रालयले शोभराजलाई निष्कासन गरेको हो।

frontline

नेपालस्थित फ्रेन्च दूताबासले ट्राभल डकुमेन्ट बनाइदिएपछि गृहले उनलाई आजै पठाउने निर्णय गरेको हो। 

बुधबार सर्वोच्च अदालतले शोभराजलाई जेलमुक्त गर्न निर्देशन दिएको थियो। सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शोभराजलाई कैदमुक्त गरी १५ दिनभित्र आफ्नो देश फर्काउन आदेश दिएको हो। 

उनलाई अहिले कागजी प्रक्रियाका लागि अध्यागमन विभागमा राखिएको छ। कागजी प्रक्रिया पूरा भएपछि अध्यागन विभागले उनलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट निस्कासन गर्नेछ।

दुईजनाको हत्या आरोपमा अदालतबाट दोषी ठहर भइ १९ वर्षदेखि नेपाली जेलमा रहेका शोभराजलाई सर्वोच्चले ज्येष्ठ नागरिकले पाउने कैद छुट दिएको हो।  

शोभराजलाई सन् २००३ मा कर्तव्य ज्यानको मुद्दामा पक्राउ गरी जिल्ला अदालत भक्तपुरले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। 

२०३२ सालमा नेपाल आएका बेला दुई विदेशी नागरिकको हत्या भएको अभियोगमा उनलाई सर्वश्वसहित जन्म कैदको सजाय भएको थियो।

कारागार नियमावली अनुसार ज्येष्ठ नागरिकले पाउने छुट सुविधामा अन्याय भएको दाबीसहित शोभराजले २०७५ मंसिर २५ गते बन्दीप्रत्यक्षीकरण रिट दिएका थिए।  उनले आफूले ७० वर्ष नाघेकाले बाँकी सजाय छुट पाउनुपर्ने माग गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

३ स्थानिय

poster-here