मुलुकको अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरिरहेको छ : राष्ट्रपति भण्डारी

७ पुस, बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरिरहेको बताएकी छन् । देशको व्यापार घाटा बढिरहेको, आयात झनै विस्तार भएको र मुद्रा सञ्चितिमा अभूतपुर्व चाप परेको भन्दै उनले अर्थतन्त्र गम्भीर चुनौतीको अवस्थामा रहेको बताइन् ।

बुटवलमा रूपन्देही उद्योग संघ, लुम्बिनी उद्योग परिसंघ र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा बिहीबारदेखि सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि एवं पर्यटन महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अर्थतन्त्रबारे चिन्ता व्यक्क गरेकी हुन् ।

frontline

“मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउन आयात प्रतिस्थापन गर्ने खालका वन पैदावार र जडीबुटीजन्य उद्योग स्थापनामा जोड दिनुपर्छ । निर्यात बढाउनुपर्ने हुन्छ,” राष्ट्रपति भण्डारीले भनिन्, “खेतीयोग्य जमिन बाँझो नराख्नका लागि युवा जनशक्तिलाई कृषि क्षेत्रमा लगाउनुपर्छ । कृषिजन्य उत्पादनलाई बढाउन सके व्यापार घाटा कम गर्न सकिन्छ ।” 

राष्ट्रपति भण्डारीले भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित रूपमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराइन् । विमानस्थललाई व्यवस्थित रूपले सञ्चालन गर्न सके यस क्षेत्रको औद्योगिक विकाससँगै पर्यटन क्षेत्रको विकासले पनि गति लिने भन्दै उनले यसका लागि सम्बन्धित निकायले तदारुकता देखाउन जरुरी रहेको बताइन् ।  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here