सोह्रखुट्टेको हिरासतमा रहेका भारतीय युवक फरार

७ पुस, काठमाडौं । लागुऔषधको मुद्दामा अनुसन्धान सकेर अदालतमा बुझाउनु पर्ने एक जना भारतीय युवा प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतबाट भागेका छन् ।

बुधबार दिउँसो सोही मुद्दामा अदालतमा हाजिर गराउने समयमा शौचालय जाने बहानामा उनी भागेका हुन् । यसरी फरार हुने १९ वर्षीय भारतीय युवक सचिनकुमार हुन् ।

frontline

लागु औषध नाइट्राभेटसहित पक्राउ परेका उनीमाथिको अनुसन्धान सकेर मुद्दा बुझाउने तयारी रहेको एक जना प्रहरी अधिकारीले जानकारी दिए ।

अदालतमा लग्दा शौचालय पुगेका उनी फरार भएका हुन् । उनको खोजी भइरहेको परिसरले जनाएको छ । यस घटनामा प्रहरीले आन्तरिक छानबिन हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here