झापामा एक पुरूष र एक महिलाको शव फेला

४ पुस, काठमाडौं । झापामा दुई जनाको शव फेला परेको छ। 

सोमबार पौने ३ बजे मेचीनगर नगरपालिका-१३ चारआली जंगलमा दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले जानकारी दिए। 

frontline

मृतक एक जना पुरूष र अर्का महिला छन्। 

डिएसपी पाठकका अनुसार दुबै जनाको पहिचान भइसकेको छैन। 

‘स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका हुन्। उनीहरू झुन्डिएको जस्तो देखिन्छ,’ उनले भने, ‘एक जनाको डोरी चुडिएको पनि छ।’

घटनाबारे थप बुझ्न इलाका प्रहरी कार्यालय काँकडभित्ताबाट डिएसपी ज्ञानबहादुर महत्तोको नेतृत्वमा टोली खटिएको छ।

धुलाबारीबाट पनि प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको छ। 

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here