नाइजेरियामा केही महिनायता हैजाको प्रकोप, २० जनाको मृत्यु

४ पुस, अबुजा । नाइजेरियामा पछिल्ला केही महिनायता हैजाको प्रकोप बढेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । हैजाको प्रकोपमा परी नाइजेरियामा कम्तीमा पनि २० जनाको ज्यान गएको बताइएको छ ।

नाइजेरियाको दक्षिणी क्रस रिभर राज्यमा बढी मात्रामा हैजाको प्रकोप बढेको देखिएको छ। स्थानीय अबि क्षेत्रमा के कारणले प्रकोप फैलियो भन्ने विषयमा सरकारले अनुसन्धान थालेको बताइएको छ ।

frontline

१० गाउँमा हैजा फैलिएकोपछि सयौँ मानिस बिरामी भइ अस्पताल भर्ना भएका छन् । उनीहरूलाई हैजाको प्रकोपको आशङ्कापछि विशेषज्ञ चिकित्सकद्वारा उपचार सेवा गरिरहेका यहाँका स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।

सरकारले ती क्षेत्रमा सफा पानीको प्रबन्ध र सरसफाईका कामलाई अघि बढाएको जनाएको छ । साथै गाउँलेहरूलाई सरसफाईसम्बन्धी सचेतना कार्यक्रम पनि सञ्चालन गरिएको बताइएको छ । 
नाइजेरियामा घना बस्तीहरूमा खानेपानी, सरसफाई तथा अन्य आवश्यक स्वास्थ्य पूर्वाधारको अभावमा हैजाको प्रकोप बारम्बार फैलिने गरेको छ । – रासस

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here