प्रधानमन्त्री देउवाले बोलाए नवनिर्वाचित सांसदको भेला 

फाइल तस्बिर

२ पुस, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनिर्वाचित सांसदको भेला बोलाएका छन् ।

बधाई तथा शुभकामनाका लागि पार्टीका नवनिर्वाचित सांसदहरूलाई देउवाले बोलाएका हुन् । 

frontline

प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ३ बजे पार्टीका सबै सांसदलाई देउवाले बोलाएका हुन् । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कूल ८९ सिट जितेको छ । कांग्रेस संघीय संसद्को सबैभन्दा ठूलो दल हो । 

सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा पाँच दलीय सत्ता गठबन्धनको नयाँ सरकार गठनका लागि कसरत सुरु गरिसकेको छ ।

निर्वाचन आयोगले बुधबार निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरी बिहीबार राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन बुझाइसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here