महोत्तरीमा निहारिका राजपूतको समूह र प्रहरीबीच झडप

फाइल तस्बिर

२९ मंसिर, काठमाडाैँ ।  महिला हिंसा गर्ने चिकित्सकलाई कारबाहीको माग गर्दै विरोधमा उत्रिएका ‘कुमारी आमा’ निहारिका राजपूतको समूह र प्रहरीबीच झडप भएको छ ।

बिहीबार रामगोपालपुर नगरपालिका कार्यालयमा महिला हिंसा गर्ने चिकित्कसलाई कारबाहीको माग गर्दै धर्नामा उत्रिदा दुई पक्षबीचमा झडप भएको हो ।

frontline

झडपमा परी केही सुरक्षाकर्मी घाइतेसमेत भएको महोत्तरी प्रहरीले जानकारी दिएको छ । दाइजो तथा श्रीमतीमाथि घरेलु हिंसा गरेको आरोप खेपिरहेका महोत्तरी रामगोपालपुर–५ का डा. पंकज चौधरीलाई कडा कारबाहीको माग गर्दै निहारिकासँगै नेहा चौधरी पनि विरोधमा सहभागी थिए ।

श्रीमान् पंकजविविरुद्ध नेहाले एक साताअघि घरेलु हिंसा र दाइजोविरुद्ध दुईवटा मुद्दा दायर गरेकी थिइन्। प्रेमपछि गत फागुनमा विवाह गरेकी नेहालाई डाक्टरसमेत रहेका पंकजले दाइजोकै नाममा शोषण गर्दै आएका थिए । यतिमात्र होइन श्रीमान् पंकजसँगै परिवारले नेहामाथि शारीरिक तथा मानसिक यातना दिने गरेका थिए ।

विरोध प्रदर्शनमा उत्रिएका निहारिका र नेहालाई भने प्रहरीले नियन्त्रणमा लिएको बुझिएको छ । साथै, घटनाबारे प्रहरीले थप अनुसन्धान गर्ने पनि भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here