अमेरिकाको मेरील्याण्ड राज्यमा गोलीप्रहार,एक नेपालीको मृत्यु

तस्बिर : घिमिरेको लिंकडइन प्रोफाइलबाट

बष्टन (अमेरिका) । अमेरिकाको मेरील्याण्ड राज्यमा गोलीप्रहार र आगजनीमा परि एक नेपालीको मृत्यु भएको छ । 

मृत्यु भएका नेपाली संखुवासभा खाँदबारी ६ तल्लो पांगाका सागर घिमिरे भएको पुष्टि भएको छ । 

frontline

घिमिरेले केही समय अघिमात्र साउथ क्यारोलाइनास्थित क्लाफ्लिन युनिभर्सिटीबाट कम्प्युटर साइन्समा स्नातक गरेको उनका सहोदर काका कप्तान घिमिरेले बताए । 

शनिबार बिहान बाल्टिमोर काउण्टीको उडलनमा भएको उक्त आगजनी तथा गोली प्रहारमा घिमिरेसहित ४ जनाको ज्यान गएको स्थानीय अधिकारीहरुलाई उदृत गर्दै एनबीसी न्युजले जनाएको छ । ५१ वर्षीय एक व्यक्तिले घरमा आगो लगाएपछि घरबाहिर सटगन लिएर बसेको र घटनास्थलमा प्रहरी आउनासाथ प्रहरीको गोलीबाट ती व्यक्तिको मृत्यु भएको बताइएको छ । 

घटनामा अर्का एक नेपाली युवा पनि घाइते भएको र उनको अवश्था खतरामुक्त भएको बाल्टिमोर एशोसियसन अफ नेपलिज अमेरिकाका पूर्वमहासचिव तथा पत्रकार गौतम दाहालले बताए । 

सागर ४ वर्ष अगाडि उच्च शिक्षा अध्ययनका लागि अमेरिका आएका थिए । उनी विक्रम घिमिरे र (स्वर्गीय)दुर्गा घिमिरे का कान्छा छोरा हुन् । मृतक घिमिरेका एक दाजु र एक दिदी रहेका छन् । 

“राम्रो अंकका साथ ब्याचलर्स गरेको थियो,” उनका काका कप्तानले भने, “पढाइमा तेज भएकोले उसले स्कलरसिप पनि पाएको थियो ।” 

कप्तान दुखद खबर सुनेपछि अन्तिम सँस्कारका लागि क्यालिफोर्नियाको ओकडेलबाट बाल्टिमोर जाँदैछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here