सामान्य घरायसी विवादमा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

२६ मंसिर, जनकपुरधाम । सामान्य घरायसी विवादमा श्रीमानले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। धनुषाको बटेश्वर गाउँपालिका ५ शान्तिपुरकी रीता यादवलाई श्रीमान बीरेन्द्र यादवले हत्या गरेका हुन्।

राति करिब साढे ११ बजे तातो पानीको विषयमा विवाद हुँदा श्रीमानले बञ्चरो प्रहार गरेका थिए । उनले आरोप स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

frontline

खेत जोतेर आएका बीरेन्द्रले तातो पानी तताउन लगाउँदा श्रीमतीले नमानेपछि सुरु भएको विवादले यो मोड लिएको प्रहरीले जनाएको छ। 
   
बञ्चरोले लागेर मुर्छा परेकी श्रीमतीको केहीबेरमा मृत्यु भएको थियो। उनलाई अस्पताल लैजानेक्रममा बाटैमा मृत्यु भएको हो । घटना लुकाउन उनले बिजुलीको लाइन अफ गरी गाउँमा डाका आएको हल्ला चलाएका थिए। सोही बेलामा उनले श्रीमतीलाई प्रहार गरेको बञ्चरो पोखरीमा फालेका थिए । 

एकाएक गाउँमा रीता घाइते भएको खबरपछि अस्पताल लगिएको थियो ।

घटना लगत्तै प्रहरीको नियन्त्रणमा रहेका यादवले आवेसमा आएर बञ‍्चरो प्रहार गरेको बताएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरीक्षक प्रदीप क्षेत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here