इन्जिनियर सत्याल र प्लम्बर थापाविरुद्ध भ्रष्टाचार मुद्दा

२६ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन नं. ४, बागमती, प्रदेश, मन्थली रामेछापका इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

खानेपानीसम्बन्धी कामको भुक्तानीवापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी परेपछि अख्तियारको टोलीले उनीहरूलाई १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेकसहित नियन्त्रणमा लिएको थियो । 

frontline

अख्तियारले उनीहरूलाई गत कात्तिक २ गते सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा पक्राउ परेको थियो । अनुसन्धानको क्रममा उनीहरूले विभिन्न आर्थिक वर्षहरूको भुक्तानी भएको रकमको धरौटी फिर्ता गर्ने क्रममा २८ लाख रुपैयाँ घुस माग गरी लिएको पुष्टि हुन आएकोले सोमवार विशेष अदालतमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । अख्तियारले सोही रकम बराबारको बिगो र जरिबाना माग दाबी लिई मुद्दा दर्ता गरेको छ ।


 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here