फिस्लिङ नजिकै दुर्घटनामा जर्मनी नागरिकको मृत्यु

२२ मंसिर, इच्छाकामना । आज विहान भएको सवारी दुर्घटनाका घाइतेको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पृथ्वीराजमार्ग अन्तरगत चितवनको ईच्छाकामना गाउँपालिका ३ फिस्लिङ नजिकै नारायणगढबाट काठमांडौ जादैँ गरेको ना४१प ५४८ नम्बरको मोटरसाइकल र सोहि दिशाबाट जादैँ गरेको बागमती प्रदेश०३–००१ च १६८२ नं. को तरकारी बोक्ने बलेरो गाडी आज विहान १० बजे एक आपसमा ठक्कर खाँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक पासपोर्ट नम्बर g+=246378959 को ६० बर्षिय विदेशी नागरिक Michael Meyer Olbersleben को मृत्यु भएको हो । उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुरमा ल्याई इसिजी गर्दा १२ : १५ बजे मृत्यु भएको हो ।
उक्त दुर्घटनामा परि घाइते भएका बलेरोमा सवार धादिङ गल्छी गाउँपालिका .५ बस्ने बर्ष ७३ को निर बहादुर तामाङको नयाँ मेडीकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था मध्याम रहेको छ । बलेरो चालक गोरखाका २१ बर्षिय साजन भुजेल प्रहरी नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here