जर्मनीमा सरकार अपदस्थ गर्ने षड्यन्त्र गरेको आशंकामा २५ जना पक्राउ

२१ मंसिर, बर्लिन । सरकार अपदस्थ गर्ने षड्यन्त्र गरेको आशंकामा जर्मनीमा २५ जनालाई पक्राउ गरिएको छ । 

कट्टर दक्षिणपन्थी र पूर्वसैनिक अधिकारीहरूको सो समूहले संसद भवनभित्र आक्रमण गरी सत्ता कब्जा गर्ने तयारी गरेको ‘रिखस्टाग’ अखबारले जनाएको छ । 

frontline

प्रिन्स हेनरी अष्टम नामक ७१ वर्षीय कुलीन व्यक्ति उनीहरूको योजनाको मुख्य सुत्रधार रहेको बताइएको छ । संघीय अभियोजकहरूका अनुसार ११ जर्मन राज्यबाट पक्राउ गरिएका आरोपितहरूका दुई नाइकेमध्ये प्रिन्स पनि एक रहेको बताइएको छ । 

ती षड्यन्त्रकारीहरूको आफ्नो योजनामा उग्रवादी रिख्सवर्गर (रिखका नागरिकहरू) मुभमेन्टका सदस्यहरूलाई पनि सम्मिलित गर्ने उद्देश्य रहेको बताइएको छ । 

हिंसात्मक आक्रमण तथा नश्लवादी षड्यन्त्र सिद्धान्तहरूका कारण लामो समयदेखि जर्मन प्रहरीले यस ‘रिख्सवर्गर मुभमेन्ट’माथि निगरानी राख्दै आएको थियो । उनीहरूले आधुनिक जर्मन स्टेटलाई मान्यता दिन पनि अस्वीकार गरेका छन् । 

पक्राउ परेका अन्य आशंकित व्यक्तिहरूमा ‘क्युएनन मुभमेन्ट’का सदस्यहरू पनि रहेका छन् । उनीहरू आफ्नो मुुलुक ‘गहिरो राज्य’को हातमा रहेको विश्वास गर्छन् । 

महिला र पुरुष गरी ५० जनाको संलग्नता रहेको यस समूहले गणतन्त्रलाई फ्याकेर एउटा नयाँ स्टेट मोडेल अर्थात् ‘सेकेन्ड रिख’ नामक जर्मनी अफ १८७१ साम्राज्य स्थापना गर्न चाहेको बताइएको छ । 

संघीय अभियोजनकर्ताको कार्यालयले अहिलेसम्म आफूहरूले यस समूहलाई नाम दिइनसकेको जनाएको छ । जर्मनीका १३० स्थानमा छापा मारेर उनीहरूलाई समाउन तीन हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो । साथै दुईजनालाई अस्ट्रिया र इटालीबाट पक्राउ गरिएको हो । प्रहरीले जर्मनीका १६ मध्ये ११ राज्यमा छापा मारेको हो ।

न्यायमन्त्री माको बुस्चम्यानले ट्विटरमार्फत भनेका छन्, “आतंकवादविरुद्ध ठूलो अपरेसन सम्पन्न भएको छ । ती आशंकित समूहले संवैधानिक निकायहरूमा सशस्त्र आक्रमण गर्ने योजना बनाएका थिए ।”

त्यसैगरी आन्तरिक मामिलामन्त्री नान्सी फेजरले सरकारले ‘प्रजातन्त्रका शत्रुहरू’विरुद्ध पूर्ण बल प्रयोग गर्ने विश्वास जर्मन जनतालाई दिएकी छन् । 

संघीय अभियोजनकर्ता कार्यालयले सन् २०२१ को नाभेम्बरदेखि यस समूहले हिंसात्मक विद्रोह गर्ने षड्यन्त्र रचिरहेको र यसको केन्द्रीय परिषद् ‘र्‍याट’का सदस्यहरूले नियमित रूपमा बैठक आयोजना गर्दै आएको जनाएको छ । 

उनीहरूले जर्मनीमा आफ्नै स्वास्थ्य, न्याय र विदेश मामिला विभाग खडा गरी शासन गर्ने योजना बनाइसकेको पनि बुझिएको छ । बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here