समानुपातिकतर्फको मतगणना सकिँदा करिव १२ लाख मत खेर जाने

फाइल तस्बिर

२० मंसिर, काठमाडौं । राजनीतिक दलसम्बन्धी ऐनको थ्रेसहोल्ड सम्बन्धी व्यवस्थाका कारण समानुपातिकतर्फ तेस्रो भएको दल नेकपा माओवादी केन्द्रले पाएको भन्दा बढी मत खेर जाने भएको छ । 

नेकपा एकीकृत समाजवादीदेखि कम मत प्राप्त गर्ने ४० दलले पाएको मत खेर जाने भएको हो ।  त्यसरी खेर जाने मत नेकपा माओवादी केन्द्रले पाएको मत भन्दा बढी हुन्छ । 

frontline

एक करोड ५ लाख ६० हजार ६७ मत गणना हुँदा नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६८४ मत  पाएको छ । 

तर, नेकपा एकीकृत समाजवादीदेखि कम मत पाएका ४० दलले पाएको मत ११ लाख ८३ हजार ३३६ छ । जुन कुल सदर मतमा गणनासमेत हुनेछैन । 

प्रतिनिधिसभा निर्वाचन एनेको दफा ६०को उपदफा १२ ले कुन सदर मत गणना हुँदा तीन प्रतिशत भन्दा कम मत प्राप्त गर्ने दलले प्राप्त गरेको मत दलले प्राप्त गरेको कुल मतमा गणना नहुने व्यवस्था गरेको छ । 

“उपदफा (२) बमोजिम दलहरुले प्राप्त गरेको कूल सदर मत गणना गर्दा तीन प्रतिशतभन्दा कम मत प्राप्त गर्ने दलले प्राप्त गरेको मत दलले प्राप्त गरेको कूल मतमा गणना गरिने छैन,” प्रतिनिधिसभा निर्वाचन ऐनको दफा ६० को उपदफा (१२)मा भनिएको छ ।

अझै समानुपातिकतर्फको केही मतगणना सकिएको छैन । यो सबै गणना सकिँदा करिव १२ लाख मत खेर जाने निश्चित छ । ऐनले तोकेको ३ प्रतिशतको ‘थ्रेसहोल्ड’ नकाट्ने दलहरु समानुपातिकमा नपर्ने मात्र होइन उनीहरुले पाएको मत सिट बाँडफाँटका क्रममा गणनासमेत हुँदैन । 

नेकपा एकीकृत समाजवादीले अहिलेसम्म पाएको २ लाख ९८ हजार ३९३ मत, नागरिक उन्मुक्ति पार्टीले पाएको २ लाख ७१ हजार ७२२ मत, लोकतानित्रक समाजवादी पार्टी लोसपाले पाएको १ लाख ६७ हजार ३६७ मतसहित त्यो भन्दा कम पाएका सबै दलले पाएको मत दलले पाएको कुल सदर मतमासमेत गणना नहुने भएको हो । 

यसरी खेर जाने मत अहिलेसम्मको मत गणनामा ११ लाख ८३ हजार ३३६ पुगेको छ । खेर जाने यो मत अझै बढ्ने निश्चित छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here