सत्ता गठबन्धनको बैठकमा जानुअघि प्रचण्ड र एमाले सचिव महासेठबीच भेटवार्ता

१९ मंसिर, काठमाडौं । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा हाल सत्ता गठबन्धनको बैठक जारी छ । गत मंसिर ४ गते सम्पन्न निर्वाचनको समीक्षा र आगामी सरकारको खाका बारे छलफल गर्न बैठक राखिएको हो । 

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा भएको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललगायतको उपस्थिति रहेको छ । 

frontline

बैठक शुरु हुनुअघि माओवादी अध्यक्ष दाहाल र एमाले सचिव एवम् मधेश प्रदेश इन्चार्ज रघुवीर महासेठबीच भेटवार्ता भएको थियो । 

प्रचण्डलाई भेट्न सचिव महासेठ सवा एक बजे खुमलटार पुगेको र ४० मीनेटको भेटवार्ता सकाएर प्रचण्ड हतारहतार बालुवाटारका लागि निस्किएको अध्यक्षका निजी सचिव रमेश मल्लले बताए । 

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई सत्ता गठबन्धनबाट छुटाएर मध्यरात बालकोट पुर्याउने महासेठ नै हुनुहुन्थ्यो । नेपालको धनाढ्य व्यक्तिमा गनिने डा.उपेन्द्र महतोको ज्वाईंसमेत रहेका  महासेठ पढाइले इन्जिनियर र हालै धनुषाबाट सपत्नी निर्वाचित एक मात्र साँसद हुनुहुन्छ ।

उहाँका जेठान तथा रुसी गणराज्यका मानार्थ महावाणिज्यदूत डा.वीरेन्द्र महतोसमेत त्यो परिवारबाट यसचोटी ३ जनालाई चुनावी सफलता हात लागेको छ ।

नेपालका दलहरुलाई बेलाबखत प्रशस्त चन्दा उपलब्ध गराउने डा.उपेन्द्र माछापुच्छ्रे बैंकको अध्यक्ष,सानीमा बैंकको प्रवर्धक र मेडिसिटी हस्पिटलको साहुजी हुनुहुन्छ । महासेठमार्फत एमाले अध्यक्ष केपी ओलीले प्रचण्डलाई केही सन्देश पठाउनुभएको अनुमान लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here