स्कटल्यान्डलाई नेपालले दियो १३८ रनको लक्ष्य

१८ मंसिर, काठमाडौं । ब्याटिङमा निरिह बनेको नेपालले विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलामा स्कटल्यान्डलाई एक सय ३८ रनको लक्ष्य दिएको छ।

नामिबियाको युनाइटेड क्रिकेट क्लब मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४०।१ ओभरमा सबै विकेट गुमाएर एक सय ३७ रनको योगफल तयार गर्यो।

frontline

ब्याटिङमा निरिह बनेको नेपालका लागि गुल्शन झाले सर्वाधिक २९ रन बनाएका थिए। यस्तै पूर्व कप्तान ज्ञानेन्द्र मल्लले २५ तथा ओपनर अर्जुन साउदले १८ बाहेक अन्य ब्याटरको प्रदर्शन उल्लेख्य रहेन।

स्कटल्यान्डका लागि क्रिस सोल ले सर्वाधिक तीन, मार्क वाटले दुई तथा ब्रान्डोन म्याकमुलेन, सफयान शरिफ र माइकल लिस्कले एक–एक विकेट लिए।

शुक्रबारदेखि सुरु भएको शृंखलाको नेपाल र नामिबियाबीचको पहिलो खेलमा वर्षा बाधक बन्दा नतिजाविहीन भएको थियो

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here