होटल व्यवसायीको शव बूढीगण्डकी किनारमा
१६ मंसिर, गोरखा । चुमनुब्री गाउँपालिका-४ गपका होटल व्यवसायीको शव बूढीगण्डकी किनारमा फेला परेको छ।
तीन दिनदेखि सम्पर्कविहीन भएका धार्चे-५ माछाखोला स्थायी घर भएका पूर्णबहादुर गुरुङ शुक्रबार दिउसो न्याकफेदी र पेवा बीचको पहिरोको फेदमा फेला परेको प्रहरीले जनाएको छ।
पर्यटन सिजन सकिएपछि होटल बन्द गरेर उनी तीन दिनअघि घर जान भनी हिँडेका थिए।
विगतदेखि ड्याङमा होटल व्यवसायी सञ्चालन गर्दै आएका ४१ वर्षका गुरुङले यस वर्षदेखि गपमा होटल व्यवसाय गर्दै आएका थिए।
प्रतिक्रिया दिनुहोस्