रवि लामिछानेको नागरिकताबारे छानबिन गर्न जिल्ला प्रशासनले काट्याे पत्र

फाइल फोटो

१६ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकताबारे छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले पत्र काटेकाे छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको नागरिकताबारे छानबिन गर्न पत्र काट्दै जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्राचार गर्नु भएकाे हाे ।

frontline

प्रहरी परिसर काठमाडौंका एक प्रहरी अधिकृतले रविको नागरिकताबारे छानबिनका लागि पत्र आएको पुष्टि गर्नुभयाे । तर उहाँले यसबारे थप कुरा खुलाउन चाहनु भएन ।

स्राेतका अनुसार गृह मन्त्रालयमा रविको नागरिकतामाथि छानबिनका लागि उजुरी परेपछि मन्त्रालयको आदेशमा प्रमुख जिल्ला अधिकारीले मातहतका निकायमा पत्राचार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here