बाजुरामा पुनः मतगणना सुरु

फाइल तस्बिर

१६ मंसिर, बाजुरा । बाजुरामा संघ र प्रदेशको मतगणना पुनः सुरु भएको छ ।

प्रतिनिधि सभातर्फको बिहान र प्रदेश सभाको दिउँसोबाट गणना रोकिएको थियो ।

frontline

दुवै मतगणना अहिलेबाट सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यलय बाजुराले जनाएको छ ।

राजनीतिक दलसँगको सहकार्यमा रोकिएको मतगणना सुचारु भएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।

हिमाली गाउँपालिका ६ धिममा भने मुचुल्का भन्दा ३० मत बढी आएपछि विवाद भएको थियो । एमालेले विरोध जनाएको थियो ।

प्रदेश सभा ख प्रदेशको मतगणनामा बुढिगंगा ३ को मतदान केन्द्रमा मुचुल्कामा ३ सय ५० रहेको थियो, तर यहाँ कर्मचारीले कम्पुटरमा इन्ट्रि गर्दा २ सय ५० भएको पाइएपछि विवाद भएको थियो । सहमतिपछि पुनः मतगणना सुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here