स्थायी विकल्पबिना बस्ती नहटाउन माग गर्दै विरोध प्रदर्शन

१४ मंसिर, काठामाडौं । थापाथलीस्थीत बाग्मती किनारमा रहेको सुकुम्बासी बस्ती काठमाडौं महानगरपालिकाले स्थायी विकल्प बिना जबरजस्ती नहटाउन माग गर्दै विरोध प्रदर्शन केही संघसंस्थाहरुले विरोध जनाएका छन् ।

बुधबार संयुक्त राष्ट्र सुकुम्बासी मोर्चा र नेपाल महिला एकता समाजले संयुक्त रुपमा खबरदारी कार्यक्रमको आयोजना गरेका हुन् ।

frontline

उचित व्यवस्थापन बिना बस्ती हटाउन नहुने उनीको तर्क छ । विरोध र्याली भृकुटीमण्डपबाट सुरु भएर पुतली सडक, बागबजार, रत्नपार्क हुदै भद्रकाली, माइतीघरबाट सुकुम्बासी बस्तीमा पुगेको थियो ।

सोमबार महानगरको नगरप्रहरी टोली थापाथलीस्थित प्रसूतिगृह पछाडिको सुकुम्बासी बस्तीमा डोजरसहित पुगेको थियो । नगरप्रहरीमाथि ढुंगामुडा प्रहार हुँदा डोजर चल्न सकेन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here